टी–२० विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै - Chaitanya News
  • 2025-11-08
  • 16:11:54
  • शनिबार,कार्तिक २३, २०८२
  • टी–२० विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

    टी–२० विश्वकप छनोटमा उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

    काठमाडौँ– ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज (शुक्रबार) सामोआसँग खेल्दैछ।

    जारी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो।

    दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ।

    समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ। यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ।

    आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। साथै, नेपाल, युएई र ओमानले शीर्ष(३ मा स्थान बनाउँदै टी–२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ।