नेपाली बजारमा रेसिन्स मिनी ईभी बिक्री हुँदै, मूल्य कति? - Chaitanya News
  • 2026-04-30
  • 11:17:49
  • बिहिबार,बैशाख १७, २०८३
  • नेपाली बजारमा रेसिन्स मिनी ईभी बिक्री हुँदै, मूल्य कति?

    नेपाली बजारमा रेसिन्स मिनी ईभी बिक्री हुँदै, मूल्य कति?

    काठमाडौं– नेपाली बजारमा चिनियाँ ब्रान्ड रेसिन्सुको सस्तो मूल्यको विद्युतीय कार भित्रिने भएको छ। रेसिन्सका लागि नेपालको आधिकारिक वितरक जिमिनी इन्कर्पोरेट प्रालिले चाँडै नै रेसिन्स मिनी ईभीु भित्र्याउन लागेको हो।

    जिमिनीका निर्देशक सुवास शर्माले दिएको जानकारी अनुसार यो मिनी कार चीनबाट नेपालका लागि लोड गरी पठाइसकिएको र दुई हप्तासम्ममा नेपालमा आइपुग्ने छ। यो कारमा १५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने २३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ, जसलाई नर्मल चार्जरको सहायताबाट फुलचार्ज गर्न चारदेखि पाँच घण्टासम्म लाग्छ।

    साथै यसमा ३०० वाटको सोलार प्यानल समेत भएकाले ३० प्रतिशतसम्म ब्याट्री बचत हुने कम्पनीको दाबी छ। कारमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन नेपाली सडकका लागि उपयुक्त हुने शर्माको भनाइ छ।

    यो कार अधिकतम १०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने पनि उनले जनाए। नेपाली बजारमा कारको मूल्य २५ लाख रुपैयाँ पर्नेछ।