महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै - Chaitanya News
  • 2026-05-17
  • 00:54:54
  • शनिबार,जेठ ०२, २०८३
  • महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै

    महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै

     यस धरतीमा जन्मिने थोरै मान्छे मात्र आफ्ना महान कामले प्रसिद्ध हुन्छन्। नेपाली साहित्यमा विशिष्ट योगदान दिने त्यस्ता व्यक्तित्वमध्ये एक हुन्, लक्ष्मीप्रसाद देवकोटा।

    काठमाडौँ–आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

    विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा जेन्मेका थिए महाकवि देवकोटा । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

    उनले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।

    नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ। विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन्।

    विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो। जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ।

    वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ। २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीको उनको घरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो।

    उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन्। विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी महान भनाइहरु:

    १– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

    २–कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन।

    ३–सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन।

    ४–खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो।

    ५–चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो।

    ६–दर्शन भय हो भने कविता सत्य हो।

    ७।– घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ।

    ८– जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ।

    ९– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

    १०– शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ।

    ११– सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ।

    १२– संसार अँध्यारो समान हो।

    १३– जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर।

    १४– मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ।