साढे २ लाख नाघ्यो सुन, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-07-14
  • 20:22:38
  • मंगलबार,आषाढ ३०, २०८३
  • साढे २ लाख नाघ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    साढे २ लाख नाघ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– आज (बिहिबार) सुनको भाउले साढे २ लाख नाघेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो। आजको सुनको भाउ हालसम्मकै उच्च हो।

    अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो।