काठमाडौँ– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छिन्।
गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’ को एक वर्ष पूरा भएको अवसरमा आज (बिहिवार) सामाजिक सञ्जलमा एक स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन।
नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग राखेर गरेको आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र कयौँ घाइते भएको भन्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
देशको इतिहासमा जनधन र राष्ट्रिय सम्पदाको ठूलो क्षति भएको त्यो पीडादायी दिन अब कहिल्यै दोहोरिन नहुने भन्दै उनले राज्य र राजनीतिक नेतृत्वलाई नागरिकका अपेक्षा पूरा गर्न गम्भीर हुन ध्यानाकर्षण गराएकी छन्।