सुपर सिक्समा आज नेपाल ओमानसँग भिड्दै - Chaitanya News
  • 2025-11-08
  • 16:11:54
  • शनिबार,कार्तिक २३, २०८२
  • सुपर सिक्समा आज नेपाल ओमानसँग भिड्दै

    सुपर सिक्समा आज नेपाल ओमानसँग भिड्दै

    काठमाडौं– आज (बुधबार) नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा ओमानसँग खेल्ने भएको छ।

    खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ।

    छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन्। आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ। यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ।

    नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो। ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो।

    नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो।

    टी–२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन्। जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ।