काठमाडौँ– ओमानमा भइरहेको आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत आज (सोमबार) नेपालले सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्ने भएको छ। खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो।
त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज युएई र ओमानसँग खेल्ने तालिका रहेको। यो खेल दिउसो ४ः१५ बजेदेखि हुँदैछ। नेपालले यो खेलपछि बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ।
विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ। टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान)कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन्।