यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने - Chaitanya News
  • 2026-09-29
  • 19:54:55
  • मंगलबार,आश्विन १३, २०८३
  • यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।

    ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

    युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।