टी–२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै - Chaitanya News
  • 2026-09-29
  • 19:54:09
  • मंगलबार,आश्विन १३, २०८३
  • टी–२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै

    टी–२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै

    काठमाडौँ– ओमानको अल अमिरेत क्रिकेट रंगशालामा हुने आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्ने भएको छ। खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

    सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ। नेपाल र यूएईले सुपर सिक्समा दुई अंक जोडेका छन्। सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।

    नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ। बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।