इजरायलहमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा - Chaitanya News
  • 2026-05-17
  • 07:44:13
  • आइतबार,जेठ ०३, २०८३
  • इजरायलहमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा

    इजरायलहमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा

    काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरूप इजरायल र हमासबीच युद्धबिराम भएको घोषणा गरेका छन्।

    ‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

    हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ।

    अक्टोबर ७ मा भएको इजरायलमा हमासले गरेको आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो इजरायली नागरिक थिए। यसको अतिरिक्त, २५१ जनालाई बन्धक बनाइएको थियो। तिनैमध्ये एक नेपालमा विपिन जोशी पनि छन्। इजरायली आक्रमणमा अहिलेसम्म ६६ हजार १५८ प्यालेस्टिनीहरू मारिएका छन्।