काठमाडौँ– भदौ २३ र २४ को आन्दोलनपश्चात् पहिलो पटक पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
आज (बिहिबार) सभापति देउवाले दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।
बैठक ललितपुरको हिमालय होटल कुपण्डोलमा बस्ने भएको छ। बैठकले काँग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने बैठकका एजेण्डा तय गर्ने बताइएको छ।