राष्ट्रिय सहकारी बैँकमा झन्डै २० प्रतिशतले तरलता वृद्धि - Chaitanya News
  • 2026-08-02
  • 07:13:33
  • आइतबार,साउन १७, २०८३
  • राष्ट्रिय सहकारी बैँकमा झन्डै २० प्रतिशतले तरलता वृद्धि

    राष्ट्रिय सहकारी बैँकमा झन्डै २० प्रतिशतले तरलता वृद्धि

    काठमाडौं– राष्ट्रिय सहकारी बैँकमा झन्डै २० प्रतिशतले तरलता वृद्धि भएको छ। गत कात्तिकको तुलनामा मंसिरमा सहकारी बैंकको तरलता १९.८६ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको हो। कात्तिकमा बैंकसँग ७ अर्ब ४८ करोड ६४ लाख तरलता रहेको थियो।

    यद्यपि, कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घट्न पुगेको छ। मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गर्दै ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको जनाएको छ। अघिल्लो महिना अर्थात् कात्तिकमा बैंकले ४० अर्ब ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो।

    बचत संकलन घट्न थालेपछि बैंकले पछिल्लो समय नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा जोड दिएको छ। कर्जा लगानी घटाएर बचत र ऋण असुलीमा प्राथमिकता दिएसँगै सहकारी बैंकको तरलतामा सुधार आएको हो।