काठमाडौं– आज (बुधबार) सुनको मुल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ। विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ।