काठमाडौँ– टी– २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग खेल्दै छ। ओमानमा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे खेल्नेछ ।
आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० कप छनोटका लागि एसिया क्षेत्रका नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामओ रहेका छन्।
आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले शुक्रवार जापानसँग खेल्नेछ। त्यस्तै, आजै अन्य दुई खेल पनि हुँदै छन्। प्रतियोगिताको पहिलो खेलमा ओमान र सामाओ तथा दोस्रो खेलमा यूएई र कतारबीच प्रतिस्पर्धा हुँदै छ।