मेस्सीको विश्वकप ट्रफीको पोष्टले बनायो इन्स्टाग्राममा किर्तिमान - Chaitanya News
  • 2026-06-03
  • 20:43:39
  • बुधबार,जेठ २०, २०८३
  • मेस्सीको विश्वकप ट्रफीको पोष्टले बनायो इन्स्टाग्राममा किर्तिमान

    मेस्सीको विश्वकप ट्रफीको पोष्टले बनायो इन्स्टाग्राममा किर्तिमान

    काठमाडौँ – अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ ।

    यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।यो समाचार तयार गरुन्जेल सो पोष्टमा ६ करोड ७५ लाख ९६ हजार १४ लाइक रहेका छन् ।

     

    इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको फोटोको सूचीमा दोस्रो नम्बरमा क्रिस गडफ्रेको अण्डाको फोटो रहेको छ । सो फोटोको लाइक ५ करोड ७५ लाख रहेको छ भने तेस्रो नम्बरमा मेसीकै विश्वकप ट्रफीसँगको अर्को तस्वीरको लाइक ४ करोड ५१ लाख रहेको छ । त्यस्तै क्रिस्टियानो रोनाल्डोले मेसीसँग रहेको आफ्नो एक विज्ञापनको तस्बीरको लाइक ४ करोड २१ लाख रहेको छ ।

    कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । मेस्सीको इन्स्टाग्राम पोस्टले अघिल्लो रेकर्ड–ब्रेकिंग पोस्टको तुलनामा लाखौं बढी लाइक प्राप्त गरेको हो ।