दशैंमा काठमाडौं उपत्यकामा मात्रै १ अर्ब ३० करोडको खसीबोका बिक्री - Chaitanya News
  • 2026-05-28
  • 16:53:41
  • बिहिबार,जेठ १४, २०८३
  • दशैंमा काठमाडौं उपत्यकामा मात्रै १ अर्ब ३० करोडको खसीबोका बिक्री

    दशैंमा काठमाडौं उपत्यकामा मात्रै १ अर्ब ३० करोडको खसीबोका बिक्री

    काठमाडौं– यसपालि दशैंमा काठमाडौं उपत्यकामा मात्रै १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन्।

    दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ।

    महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताए।

    ‘गत वर्ष दशैंमा ५० हजार खसीबोका बिक्री भएको थियो, तर यसपालि गत वर्षको तुलनामा खसीबोका खपत अलि कम भयो,’ उनले भने।

    यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्यांग्रा बिक्री गरेन। मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो।

    यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो।

    खाद्य कम्पनीले खसीबोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए।