काठमाडौं– विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।
बैंकले आज (मंगलबार) सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो। सन् २०२७ का लागि भने यस्तो प्रक्षेपण ४.७ प्रतिशत रहने अनुमान गरिएको छ।
यो वर्षको लागि विश्व बैंकले गरेको प्रक्षेपण यसअअघि गरिएको भन्दा ०.८ प्रतिशत विन्दुले कम हो। यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको वृद्धि २.९ प्रतिशत रहने उल्लेख गरेको थियो।
परिमार्जित आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुककै सबैभन्दा कम हो। यो वर्ष भारतमा ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत श्रील्रकाको ३.५ प्रतिशत तथा माल्दिभ्सको ३.९ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ।
![]()