आज यी राजमार्ग छन् अवरुद्ध, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-29
  • 10:25:32
  • बिहिबार,कार्तिक १३, २०८३
  • आज यी राजमार्ग छन् अवरुद्ध, हेर्नुहोस् सूची

    आज यी राजमार्ग छन् अवरुद्ध, हेर्नुहोस् सूची

    काठमाडौँ– बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अझै अवरुद्ध छन्।

    आज (मंगलवार) नेपाल प्रहरीले सार्वजनिक गरेको एक सूचनाअनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

    कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन्।

    त्यस्तै, बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपाल थोक खण्डमा पहिरोका कारण आवतजावत अवरुद्ध रहेको छ।

    बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण अवरुद्ध भएको छ। पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित घट्टे खोला र रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ।