काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ। जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ। जसमा विभिन्न चार तहहरू तोकिएका छन्। पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन्। पहिलो तहमा बुबा आमा, श्रीमानरश्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ।
त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन्। उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ। तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन्। त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ।
भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ।
यूएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो। न्यूनतम तलब पुरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत यूएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो।
यूएईको संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो। भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ।
आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ।
उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ।
चार प्रकारका भ्रमण भिसा:
यूएईले चार नयाँ भिजिट (भ्रमण) भिसाको वर्ग तोकेको छ। जसमा कृत्रिम बृद्धिमता ९एआई०, मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाजहरु र मनोरञ्जन रहेका छन्।
मानवीय बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि जारी गरिनेछ, जसमा विशेष सर्तअनुसार प्राधिकरणको निर्णयद्वारा विस्तार गर्न सकिने सम्भावना हुनेछ।
यस निर्णयले विदेशी विधवा वा सम्बन्ध विच्छेद भएका एकल महिलाहरूलाई प्रायोजकविना नै यूएईमा बसोबास प्राप्त गर्न अनुमति दिनेछ।
भिजिट भिसाको नयाँ प्रावधानबारे जानकारी दिँदै आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा बसोबास र विदेश मामिलामा वर्तमान र भविश्यका प्रवृत्तिहरूमा अध्ययन गरेपछि नयाँ भ्रमण भिसाको नियम र सर्तहरू संशोधन गरिएको बताए।
यूएईका सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महानिर्देशक खैलीले पछिल्ला संशोधनहरूले जीवनको गुणस्तर सुधार गर्न, व्यापार र यातायात बढाउन, प्रविधि क्षेत्रहरूलाई समर्थन गर्न तथा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा युएईको प्रतिस्पर्धात्मकता क्षमतालाई सुदृढ पार्न पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।