अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध - Chaitanya News
  • 2026-05-17
  • 09:42:42
  • आइतबार,जेठ ०३, २०८३
  • अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध

    अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध

    काठमाडौँ– लगातार परिरहेको वर्षाका कारण देशका विभिन्न राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी र बागमती प्रदेशका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।

    कोशी प्रदेशमा आठ खण्ड पूर्ण अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण कोशी प्रदेशका सङ्खुवासभा, ओखलढुङ्गा, उदयपुर, धनकुटा र इलाममा राजमार्ग अवरुद्ध भएका हुन्।

    यस्तै बागमती प्रदेशमा पनि ठुला राजमार्ग बन्द छन्। प्रदेशका रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर र सिन्धुलीमा राजमार्ग बन्द भएका हुन्।