‘बीपी राजमार्ग तीन–चार दिनभित्रै सञ्चालन गर्ने’ मन्त्री घिसिङको दाबी - Chaitanya News
  • 2026-05-17
  • 09:42:30
  • आइतबार,जेठ ०३, २०८३
  • ‘बीपी राजमार्ग तीन–चार दिनभित्रै सञ्चालन गर्ने’ मन्त्री घिसिङको दाबी

    ‘बीपी राजमार्ग तीन–चार दिनभित्रै सञ्चालन गर्ने’ मन्त्री घिसिङको दाबी

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन्।

    आज (आइतबार) पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्।

    यस्तै घिसिङले भने, ‘बीपी राजमार्गको नेपाल थोकको अवरुद्ध सडकलाई तत्कालै खोल्नेछौँ। काम सुरु गरिसकेका छौँ। तीन–चार दिनभित्रमा खोल्ने कुरा भएको छ। त्यो भन्दा छिटो सडक खोल्नेछौँ।’

    यातायात सुचारु गराउन काम अगाडि बढाइसकेको समेत उनले जानकारी दिए। साथै पूर्वका सडकहरूमा सबैभन्दा बढी क्षति भएकाले यसबारे मन्त्रालयले निर्माणको कार्य सुरु गरिहाल्ने तयारी भइरहेको समेत उनले जानकारी दिए।

    तत्कालका लागि बीपी राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक बाटोहरू प्रयोग गर्न समेत उनको आग्रह छ। साथै मन्त्री घिसिङले यस वर्षको मनसुनजन्य जोखिम टरेको बताए।