विपद्को घटनामा परि ४९ जनाको मृत्यु - Chaitanya News
  • 2026-10-29
  • 13:40:57
  • बिहिबार,कार्तिक १३, २०८३
  • विपद्को घटनामा परि ४९ जनाको मृत्यु

    विपद्को घटनामा परि ४९ जनाको मृत्यु

    काठमाडौँ– शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्।

    यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको ।

    मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो।