मौसम सुधारसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक - Chaitanya News
  • 2026-10-29
  • 13:33:52
  • बिहिबार,कार्तिक १३, २०८३
  • मौसम सुधारसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक

    मौसम सुधारसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक

    काठमाडौँ– मौसम सुधारसँगै केही स्थानमा यातायात सुचारु गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गरिएको जनाएको हो।

    सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन पनि आग्रह गरिएको छ।