नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधन फर्काइए - Chaitanya News
  • 2026-10-29
  • 16:29:49
  • बिहिबार,कार्तिक १३, २०८३
  • नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधन फर्काइए

    नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधन फर्काइए

    काठमाडौँ– खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।

    धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    आज बिहानदेखि नै नागढुंगा(मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको बताइएको छ।