काठमाडौं– चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्रको ट्रेलरमा प्रेम, धोका र बदला देखिन्छ।
चलचित्रमा अभिनेता पुष्पको अपोजिटमा साम्राज्ञी र इमिली लामासँग बाँधिएको छ। पुष्पको दुईतर्फी प्रेम र पुष्पका लागि साम्राज्ञीको एकतर्फी प्रेमको कथामा चलचित्र घुम्छ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ।
चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका छन्। उनी स्वयंको निर्माण रहेको चलचित्र पुस २९ देखि चलचित्र प्रदर्शनमा आउनेछ।