पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोनाका संक्रमित थपिए - Chaitanya News
  • 2026-05-02
  • 12:30:40
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोनाका संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोनाका संक्रमित थपिए

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो।

    यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन्।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।