मंगलबार बजार दोहोरो अंकले वृद्धि - Chaitanya News
  • 2026-04-30
  • 11:17:48
  • बिहिबार,बैशाख १७, २०८३
  • मंगलबार बजार दोहोरो अंकले वृद्धि

    मंगलबार बजार दोहोरो अंकले वृद्धि

    काठमाडौं– सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ।

    मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ। यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ। मंगलबार सबै उपसूचकमा हरियाली देखियो। सबैभन्दा धेरै ‘अन्य’ पसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ। धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९।९९ प्रतिशतले बढ्यो। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ।

    ्सनराइज ब्लूचिप फन्डको मूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घट्यो। नेपाल टेलिकम, सिभिल बैंक, हिमालय डिष्ट्रिलरी, नबिल बैंकलगायत कम्पनीको मूल्य धेरैले घटेको छ।