शिक्षामन्त्री पुनले भने:‘म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, केही दिन फोन म्यासेज नगर्नु होला’ - Chaitanya News
  • 2026-05-10
  • 06:15:08
  • आइतबार,बैशाख २७, २०८३
  • शिक्षामन्त्री पुनले भने:‘म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, केही दिन फोन म्यासेज नगर्नु होला’

    शिक्षामन्त्री पुनले भने:‘म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, केही दिन फोन म्यासेज नगर्नु होला’

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन्।

    मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ फोन र म्यासेज आइरहेको उल्लेख गरेका छन्।

    उनले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।’

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए। उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ।