धनगढी– धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको प्रमुख सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, कैलाली लाई कम्प्युटर सेट र टेबल सहयोग स्वरूप प्रदान गरेको छ।
जेन जी आन्दोलन पश्चात् भएको क्षतिले प्रशासनका सेवा अवरुद्ध भएका थिए । विद्यालयले प्रशासनिक कार्यसम्पादनलाई सहज बनाउन र प्रविधिमुखी सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ३ वटा कम्प्युटर सेट र २ वटा टेबल हस्तान्तरण गरेको हो।
उक्त सहयोग आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्साललाई हस्तान्तरण गरिएको हो । चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशी चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्याय नेपालको सहभागितामा हस्तानतरण गरिएको हो ।
सहयोग ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारीज्यूले विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “चैतन्य पाठशालाले देखाएको सहयोगले हाम्रो कार्यालयलाई मात्र सुविधा पु¥याएको छैन, यसले सम्पूर्ण समुदायमा पनि सकारात्मक सन्देश दिएको छ। यस्तो कदमले प्रशासनिक कार्य सहज हुने छ, साथै अन्य शैक्षिक संस्था र सङ्घ–संस्थाका लागि उदाहरणीय प्रेरणा बन्नेछ।”
“शिक्षण संस्थाले समाज र राष्ट्रप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्नु पर्ने विश्वास चैतन्यको रहेको चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशीले बताए । उनले भने “ अहिलेको विषम परिस्थितिमा प्रशासनिक कार्यलाई अझ प्रविधिमैत्री बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ चैतन्यले कम्प्युटर र टेबल सहयोग गरेका हो । भविष्यमा पनि जहाँ आवश्यक पर्छ, त्यहाँ हामी योगदान गर्न तयार रहनेछौँ।”
चैतन्य पाठशालाले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहयोग गर्दै आएको छ। यस पटक जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको सहयोगले प्रशासनिक काममा थप सहजता ल्याउने र नागरिक सेवामा गति थप्ने अपेक्षा गरिएको छ। विद्यालयको यो पहलले शैक्षिक संस्थाले समाज र प्रशासनिक संयन्त्रसँग सहकार्य गर्दै राष्ट्र निर्माणमा भूमिका खेल्न अपेक्षा गरिएको छ ।