काठमाडौं– भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो। योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो।
दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ। दुई पुनर्बीमा कम्पनी सामेल भएको अन्य समूह सबैभन्दा धेरै ८.९ प्रतिशत घटेको छ। बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन्।