आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-05-28
  • 22:15:59
  • बिहिबार,जेठ १४, २०८३
  • आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो।

    यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।