सरकारका तीन मन्त्रीहरू जेन जेड आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षणमा - Chaitanya News
  • 2026-05-21
  • 17:22:13
  • बिहिबार,जेठ ०७, २०८३
  • सरकारका तीन मन्त्रीहरू जेन जेड आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षणमा

    सरकारका तीन मन्त्रीहरू जेन जेड आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षणमा

    काठमाडौँ– सरकारका तीन मन्त्रीहरू जेन जेड आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गर्न पुगेका छन्।

    अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केही बेरअघि संसद भवन पुगेका हुन्।

    संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ। उनीहरूले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरूले संयुक्त अवलोकन गर्ने छन्।

    जेन जेड आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए। संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम थालेको छ।