सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने - Chaitanya News
  • 2026-05-21
  • 17:23:27
  • बिहिबार,जेठ ०७, २०८३
  • सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने

    काठमाडौं– सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए।

    ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने। संविधान दिवस यही असोज ३ गते हो।

    २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो। संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ।

    विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो। संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो।

    संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी लगायतलाई निम्ता गर्दथ्यो।

    त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवक, मजदुर, किसान, महिला, सामाजिक संघ संस्थासँग आबद्ध पदाधिकारीहरू एवं नागरिक समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रियाशील सबै सामाजिक सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रित गरिन्थ्यो।

    यसपटक कस्तो कार्यक्रम गरेर संविधान दिवस मनाउने हो सरकारले प्रस्ट भनेको छैन। गृहमन्त्रालयका उपसचिव आचार्यले संविधान दिवस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दिएका हुन्।

    नेपाली सेनाले पनि सामान्यरुपमा संविधान दिवस मनाउने तयारी रहेको बताएको छ।