न्यायाधीश पदका लागि दरखास्त आह्वान, हेर्नुहोस् सुची - Chaitanya News
  • 2026-05-21
  • 17:23:05
  • बिहिबार,जेठ ०७, २०८३
  • न्यायाधीश पदका लागि दरखास्त आह्वान, हेर्नुहोस् सुची

    न्यायाधीश पदका लागि दरखास्त आह्वान, हेर्नुहोस् सुची

    काठमाडौँ– न्याय सेवा आयोग परीक्षा महाशाखाले जिल्ला न्यायाधीश पदको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान गरेको छ। आज (बुधबार) महाशाखाले एक सूचना जारी गर्दै न्यायाधीश पदको लागि दरखास्त आह्वान गरेको जानकारी दिएको हो।

    नेपालको संविधानको धारा १४९ उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन सक्नेछन्। लिखित परीक्षा काठमाडौँ उपत्यकामा मात्र लिइनेछ भने परीक्षा केन्द्रहरू पछि सूचनाद्वारा सार्वजनिक गरिनेछ।