आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा - Chaitanya News
  • 2026-05-21
  • 17:23:06
  • बिहिबार,जेठ ०७, २०८३
  • आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

    आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

    काठमाडौँ– सरकारले जेन जेड प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।

    जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेन जेड पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधवार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”