यस वर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा - Chaitanya News
  • 2026-07-16
  • 06:56:21
  • बिहिबार,आषाढ ३२, २०८३
  • यस वर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

    यस वर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

    काठमाडौं– यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ।

    २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ। ६ गते घटस्थापना हो। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।

    असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ।

    असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ।