मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने - Chaitanya News
  • 2026-05-10
  • 07:23:39
  • आइतबार,बैशाख २७, २०८३
  • मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने

    मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।

    उनले अब बन्ने मन्त्रीहरू पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन्।

    ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन्।

    उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन्।

    ‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरूलाई ल्याउँछौँ त्यस्ता मान्छे खोजिइरहेको छ’ उनले भनेकी छन्।

    राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषदमा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन्।