राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के विषयमा भयो छलफल ? - Chaitanya News
  • 2026-06-25
  • 08:45:55
  • बिहिबार,आषाढ ११, २०८३
  • राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

    राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

    काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

    आज (मंगलबार) अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

    भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ।

    भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए।

    प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन्।