काठमाडौँ– जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
आज (मंगलबार) पशुपति आर्यघाटमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन्।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ।
सरकारले जेन जेड आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो।
सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
