युएईले नेपाली नागरिकलाई भिजिट भिसा अनौपचारिक रूपमा रोक्यो - Chaitanya News
  • 2026-09-09
  • 02:00:45
  • मंगलबार,भाद्र २३, २०८३
  • युएईले नेपाली नागरिकलाई भिजिट भिसा अनौपचारिक रूपमा रोक्यो

    युएईले नेपाली नागरिकलाई भिजिट भिसा अनौपचारिक रूपमा रोक्यो

    काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको छ। पछिल्लो केहिदिनयता भिजिट भिसा दिन रोक लगाएको हो।

    यूएईस्थित नेपाली राजदूतावासले औपचारिक रोक लगाएको विषयमा जानकारी नआएपछि अनौपचारिक रूपमा रोकिएको जानकारी आएको जनाएको छ। युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन। तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ।

    भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो। नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो।

    युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आई नसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ। तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने।

    पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको सङ्ख्या निकै छ। युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको सङ्ख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ।