भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री कुलमान घिसिङको घोषणा - Chaitanya News
  • 2026-07-15
  • 03:47:39
  • मंगलबार,आषाढ ३०, २०८३
  • भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री कुलमान घिसिङको घोषणा

    भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री कुलमान घिसिङको घोषणा

    काठमाडौं– नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्।

    उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन्।

    आज (सोमबार) मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ।

    ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको कारणले क्षति भयो। तर अब हामीले नै यो बनाउने हो।’