काठमाडौँ– नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने बताएका छन्। आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ।
आज (सोमबार) सिंहदरवारमा पदभार ग्रहणपश्चात् उनले यस्तो घोषणा गरेका हुन्। गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताएका छन्।