काठमाडौं– नवनियुक्त मन्त्री ओमप्रकाश अर्यालले दुई वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो।
अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले शपथ लिएका छन्।
घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।