काठमाडौँ– आज ( सोमबार) देखि कोलोम्बोमा सुरु हुने साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ड्दिैछ ।
पहिलो दिन घरेलु टिम श्रीलंकाविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता स्थानीय समय अनुसार राति ७ बजे सुरु हुनेछ।
नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलंका र बंगलादेश पनि रहेका छन्। नेपालले तीन दिनपछि बंगलादेससँग खेल्ने छ। नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन्।
यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ। अर्को समूहमा भारत, मालदिभ्स, पाकिस्तान र भुटान रहेका छन्।
पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो। पछिल्लो संस्करणमा बंगलादेशलाई २–० ले हराएर भारत साफ यु–१७ च्याम्पियन बनेको थियो।