सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु - Chaitanya News
  • 2026-11-09
  • 07:44:05
  • सोमबार,कार्तिक २४, २०८३
  • सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु

    सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु

    काठमाडौँ– प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ।

    यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट) ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनहरू हेर्न थालिने जनाएको थियो।

    सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउने गरी काम थालेको हो।

    इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा सुरु हुनेछ। दंशैका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ। तर, यस पटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए।