जेन–जी आन्दोलनका कारण बन्द भएका विद्यालय खुले, पठनपाठन भोलिदेखि - Chaitanya News
  • 2026-07-17
  • 03:54:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • जेन–जी आन्दोलनका कारण बन्द भएका विद्यालय खुले, पठनपाठन भोलिदेखि

    जेन–जी आन्दोलनका कारण बन्द भएका विद्यालय खुले, पठनपाठन भोलिदेखि

    काठमाडौं– जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन्। सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन्।

    ‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ। भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

    काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो।

    निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।

    प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ।

    स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो।