अपडेट: ७२ पुग्यो जेन जेड आन्दोलनमा मृत्यु हुनेको संख्या - Chaitanya News
  • 2026-05-02
  • 18:39:06
  • शनिबार,बैशाख १९, २०८३
  • अपडेट: ७२ पुग्यो जेन जेड आन्दोलनमा मृत्यु हुनेको संख्या

    अपडेट: ७२ पुग्यो जेन जेड आन्दोलनमा मृत्यु हुनेको संख्या

    काठमाडौँ– जेन जेड आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन्।

    आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदी बन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए। उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरू आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो। त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरूको मृत्यु भएको छ।

    मृतक सबैको सनाखत हुन सकेको छैन। जलेका ठाउँहरू सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिल चुच्चे पाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ।