चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई - Chaitanya News
  • 2026-05-10
  • 08:17:08
  • आइतबार,बैशाख २७, २०८३
  • चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    काठमाडौँ– चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले वेबसाइटमा सार्वजनिक गरी अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो।

    चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ। ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। चीनले सधैँ नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ।