रेशम चौधरी गरे नाउपा छोडेको घोषणा - Chaitanya News
  • 2026-05-10
  • 08:17:07
  • आइतबार,बैशाख २७, २०८३
  • रेशम चौधरी गरे नाउपा छोडेको घोषणा

    रेशम चौधरी गरे नाउपा छोडेको घोषणा

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन्। अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन्।

    सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन्। पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो।

    चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन्।