गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की - Chaitanya News
  • 2026-05-10
  • 08:17:07
  • आइतबार,बैशाख २७, २०८३
  • गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की

    गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की

    काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्। आज (आइतबार) बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको छ। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन जेड आन्दोलनकारीले आगजनी गरेपछि क्षति भएको छ। त्यसैले गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ।

    पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की गत शुक्रवार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको थिइन्। शुक्रवार नै उनले पदभार ग्रहण गर्ने तयारी गरेकी थिइन्, तर राति अबेर मात्रै शपथ भएका कारण रोकिएको थियो। शनिवार भने प्रधानमन्त्री कार्कीले जेन जेड आन्दोलनमा घाइते भएकाहरूलाई अस्पतालमै पुगेर भेटेकी थिइन्।